https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २६ गते ।
महाेत्तरीकाे जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक जलेश्वरनाथ महादेव मन्दिरमा आयोजना हुने महाशिवरात्री मेला–महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । आज जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारको उपस्थितिमा सम्पन्न बैठकले मेला व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम तथा कार्ययोजनालाई सर्वसम्मत रूपमा निर्णय गरेको हो ।


निर्णयअनुसार फाल्गुन १ गते शुक्रबार बिहान ७ः३० बजेदेखि जलेश्वरनाथ महादेव मन्दिर परिसर तथा आसपास क्षेत्रमा वृहद सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ । उक्त कार्यक्रममा जलेश्वर नगरपालिका, सुरक्षा निकाय, पूजा समिति तथा स्थानीयवासीको सहभागिता रहनेछ । त्यसैगरी फाल्गुन २ गते शनिबार जलेश्वरनाथ महादेव मन्दिरबाट कलश यात्रा निकालेर नगर परिक्रमा गरिनेछ । कलश यात्राका क्रममा नेपाली सेना तथा सशस्त्र प्रहरीको समन्वयमा पञ्चेबाजाको व्यवस्था गरिने जनाइएको छ ।


महाशिवरात्रीको अवसरमा फाल्गुन २ गते राति १० बजेदेखि फाल्गुन ३ गते राति १० बजेसम्म नेपाली सेना तथा सशस्त्र प्रहरी मार्फत पालो–पालो गरी मन्दिरबाट जल निकास गरिने निर्णय गरिएको छ । साथै धार्मिक मर्यादा कायम गर्न फाल्गुन २ र ३ गते जलेश्वर नगरपालिकाभरिका माछा, मासु तथा मदिरा पसल बन्द गरिनेछ ।
फाल्गुन ३ गते आइतबार बिहान १ः०० बजे जल निकास सम्पन्न भएपछि मेला व्यवस्थापन समितिले तयार गरेको रुटअनुसार महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन मार्फत दर्शन गर्न व्यवस्था गरिनेछ ।

विशिष्ट अतिथिका लागि भने वैकल्पिक रुटको व्यवस्था गरिनेछ ।
सवारी साधनको चाप व्यवस्थापन गर्न वडा नम्बर १ स्थित पगलाबाबा धर्मशालाअगाडिको खाली स्थान तथा वडा नम्बर २ स्थित रंगशाला पार्किङ स्थलका रूपमा प्रयोग गरिने छ । मेलाको सफल सञ्चालनका लागि स्थानीय युवा, एनसीसी तालिम प्राप्त व्यक्ति तथा विद्यालयका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरिने जनाइएको छ ।


नगर प्रमुख सुरेश साह सोनारले महाशिवरात्री मेला धार्मिक आस्थासँगै सामाजिक एकता र पहिचानसँग जोडिएको उल्लेख गर्दै सबै पक्षको सहयोगमा मेला सफल बनाइने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा विशिष्ट अतिथि, अतिथि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीयवासी, व्यापारी, मेला व्यवस्थापन समितिका सदस्य तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार