https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पाल्पा, फाल्गुन २ गते ।
पाल्पाकाे तिनाउ गाउँपालिका–३ दोभानमा ट्रिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको ट्रिपर ठोक्किँदा दुर्घटना भएको हो ।


दुर्घटनामा गुल्मी जिल्ला पुर्तिघाट–४ (नागरिकता अनुसार) का ३९ वर्षीय मिलन सार्की र बुटवल उपमहानगरपालिका–८, सुख्खानगरकी २८ वर्षीया सीता रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।


घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । दुर्घटना शनिबार दिउँसो करिब साढे २ बजे भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार