https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाशिवरात्रिको अवसर पारेर महाेत्तरीकाे जलेश्वर नगरपालिका – १ स्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट आज भव्य कलश यात्रा आयोजना गरिएको छ ।


बिहानैदेखि सुरु भएको उक्त यात्रामा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो । धार्मिक भजन–कीर्तन, शंखध्वनि र ‘हर हर महादेव’को जयघोषले नगर क्षेत्र गुञ्जायमान बनेको थियो ।


कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारीहरू समेत सहभागी भएका थिए। सुरक्षाकर्मीहरूको व्यवस्थापनका कारण कार्यक्रम व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन् ।


कलश बोकेका महिलाहरूको सहभागिताले शोभा यात्रालाई थप आकर्षक बनाएको थियो। यात्रा नगरका मुख्य सडकहरू परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर समापन गरिएको थियो  ।


महाशिवरात्रि नजिकिँदै जाँदा जलेश्वर क्षेत्रमा धार्मिक गतिविधि बढ्दै गइरहेको छ। स्थानीयवासीका अनुसार यस्ता धार्मिक कार्यक्रमले सामाजिक एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार