https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ४ गते ।
सर्लाही जिल्लाको मलंगवा नगरपालिका–१० देवीटोलमा अज्ञात समूहको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या भएको छ ।


घटनाप्रति मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ताले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सुरक्षा निकायलाई निष्पक्ष र तथ्यपरक छानबिन गर्न निर्देशन दिएका छन् ।


प्रहरीका अनुसार सिरहाको सुखीपुर नगरपालिका–६ निवासी यादव पूर्वाधार निर्माणसम्बन्धी विभिन्न योजनामा सक्रिय रूपमा खटिँदै आएका कर्मचारी थिए ।

आइतबार राति आफ्नै घरको प्यासेजमा बसिरहेका बेला अज्ञात व्यक्तिहरूले उनीमाथि गोली प्रहार गरेका थिए। गोली लागेपछि गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनापछि क्षेत्रको सुरक्षा अवस्था कडा बनाइएको छ भने हत्यामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार