https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन ५ गते ।
सर्लाहीस्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि भएको गोली प्रहार घटनाको विरोधमा इन्जिनियरहरूले दीप प्रज्वलनसहित मौन प्रदर्शन गरेका छन् ।

सहभागीहरूले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।


कार्यक्रममा इन्जिनियर तथा नेपाल कम्युनिष्ट पार्टीबाट धनुषा–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार संजयकुमार महतोको उपस्थिति रहेको थियो। उनले सार्वजनिक सेवामा खटिएका कर्मचारीको सुरक्षाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताउँदै घटनाको कडा शब्दमा निन्दा गरे ।


महतोले दोषीहरूलाई शीघ्र पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गर्दै न्यायका पक्षमा शान्तिपूर्ण रूपमा उभिन सबैलाई आह्वान गरे ।


प्रदर्शनमा सहभागी इन्जिनियरहरूले सार्वजनिक सेवामा कार्यरत जनशक्तिको सुरक्षा सुनिश्चित गर्न, यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी सुरक्षा नीति ल्याउन तथा घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन् ।


कार्यक्रममा उपस्थितहरूले स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। साथै, “कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ” भन्ने नारासहित शान्तिपूर्ण रूपमा न्यायको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार