https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम, फागुन ६ गते ।
धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार मनीष झा यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन्। यसै क्रममा उनले बैदेही गाउँपालिका–९ का विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

अभियानका क्रममा उनले परिवर्तनमुखी नेतृत्व, पारदर्शी शासन व्यवस्था, गुणस्तरीय शिक्षा र दिगो विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताए। उनले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, शैक्षिक संरचना सुधार गर्ने र सेवा प्रवाहलाई छिटोछरितो तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए ।

झाले जनताको विश्वासलाई सम्मान गर्दै उनीहरूको अपेक्षा पूरा गर्ने दिशामा इमानदार प्रयास गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार