https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लहान, फाल्गुन ६ गते ।

राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आफ्नो ६५ औँ वार्षिकोत्सव प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै विशेष कार्यक्रमसहित सम्पन्न गरेको छ। उद्योग वाणिज्य संघ लहानको सभाहलमा आयोजित कार्यक्रममा “निर्वाचन आचारसंहिता र सञ्चारमाध्यमको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा रासस लहानका प्रमुख सुदिप राउतले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यम अपरिहार्य रहेको उल्लेख गरे। उनले निर्वाचनका बेला सूचना सम्प्रेषण अझ संवेदनशील हुने भएकाले पत्रकारहरूले सत्य, तथ्य र सन्तुलनमा आधारित समाचार प्रवाह गर्नुपर्नेमा जोड दिए। “सञ्चार क्षेत्रको सानो कमजोरीले पनि निर्वाचन प्रक्रियामा भ्रम र अविश्वास पैदा गर्न सक्छ,” उनले भने।

प्रमुख अतिथिका रूपमा उपस्थित मुख्य निर्वाचन अधिकृत डा. प्रकाश उप्रेतीले निर्वाचन अवधिमा पत्रकारिता अझ जिम्मेवार र मर्यादित हुनुपर्ने धारणा राखे। उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्दै कुनै दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारात्मक सामग्री नप्रसारण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। निष्पक्ष र पारदर्शी सूचनाले मात्र मतदातालाई सही निर्णय लिन सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रशासन, सुरक्षा निकाय र सञ्चारमाध्यमबीच समन्वय आवश्यक रहेको बताए। प्रहरी प्रमुख बासुदेव पाठकले निर्वाचन सुरक्षाका विषयमा जानकारी दिँदै अफवाह र भ्रामक समाचार नियन्त्रणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे। त्यसैगरी निर्वाचन कार्यालय प्रमुख राजन श्रीवास्तवले निर्वाचन प्रक्रियाका प्राविधिक पक्षबारे जानकारी गराएका थिए।

नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादवले व्यावसायिक र आचारसंहितामैत्री पत्रकारिताले मात्र स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे। उनले सञ्चारकर्मीहरूलाई निर्वाचनका बेला तथ्य जाँच (फ्याक्ट–चेक) लाई प्राथमिकतामा राख्न आग्रह गरे।

कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले राससले पाँच दशकभन्दा बढी समयदेखि विश्वसनीय समाचार सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए।

राससको ६५ औँ वार्षिकोत्सव निर्वाचनकेन्द्रित विषयमा आयोजना गरिएको यस कार्यक्रमले जिम्मेवार पत्रकारिता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको प्रतिबद्धता पुनः उजागर गरेको सहभागीहरूको निष्कर्ष थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार