https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ७ गते ।
सर्लाही जिल्लामा गएराति तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार राति ईश्वरपुर नगरपालिका–१३ अन्तर्गत बाके–संग्रामपुर सडकखण्डको ठिल्ला नजिकै बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका हुन् ।


दुर्घटनामा गम्भीर घाइते भएका हरिपुर्वा नगरपालिका–९ का करिब ३०–३५ वर्षीय मुकेश राय र सोही स्थानका ३०–३५ वर्षीय रामज्ञान रायलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। चिकित्सकले राति करिब १० बजे दुवै जनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।


यसै दुर्घटनामा सामान्य घाइते भएका हरिपुर्वा–९ का २२ वर्षीय बिक्रम राय र ४२ वर्षीय राम बिश्वास रायलाई उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार