https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन ७ गते ।
सर्लाहीको मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका–४ ढाँका बोर्डर टोलका १५ वर्षीय आकाश राम घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


प्रहरीका अनुसार घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए। उक्त वस्तु नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको प्रहरीले जनाएको छ ।


गोली उनको दाहिने हातको पन्जामा लागेको छ । घाइते बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको छ ।


घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार