https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

श्री किशोरीजीको डोलालाई नगरप्रमुखद्वारा भव्य स्वागत


गाैशाला, फाल्गुन ८ गते ।
मिथिलाको बहुचर्चित १५ दिने माध्यमिकी परिक्रमा शुक्रबार बिहान जलेश्वर आइपुग्दा स्थानीयवासीले श्री किशोरीजीको डोलालाई भव्य रूपमा स्वागत गरेका छन् ।


शुक्रबार रात्रि विश्रामका लागि जलेश्वर पुगेका साधु–सन्त, महन्थ र गृहस्थसहितका परिक्रमावासीलाई परशुराम साह नेतृत्वको मिथिला परिक्रमा धर्मसंस्थाको अगुवाइमा वैण्डबाजा र सहनाईसहित स्वागत गरिएको हो । स्थानीय युवाहरूले जलेश्वरस्थित भार्गवसर कुट्टी अगाडि पुगेर फूलमाला र बाजागाजासहित श्रद्धापूर्वक स्वागत गरेका थिए ।


मटिहानी–जलेश्वर सडकखण्डअन्तर्गत पर्ने भार्गवसर कुट्टीमा सुरेश शाह सोनार, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, प्रशासनिक निकायका प्रमुख, स्थानीय युवा, महिला तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा परिक्रमावासीलाई सम्मान गरिएको थियो ।


परिक्रमावासीहरूको सहजताका लागि आवास, भोजन तथा आकस्मिक उपचारको व्यवस्था संस्थागत तथा निजी स्तरबाट मिलाइएको छ। मेला अवधिभर तीन सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ ।


जलेश्वरमा आयोजित मेलामा साधु–सन्त तथा नाङ्गाबाबाहरूको गतिविधि अवलोकन गर्न ठूलो भीड लागेको छ । सहभागीहरू जलेश्वर आसपासका गाउँहरूसँगै भारतको बिहार राज्यका सितामढी, सुरसण्ड, मधवापुरलगायत स्थानबाट आएका छन् ।


धर्मयात्रा जनकपुर क्षेत्रबाट प्रारम्भ भई जानकी मन्दिर, हनुमानगढी, कल्याणेश्वर, फुलहर हुँदै मटिहानी पुगेको थियो । मटिहानीमा रात्रि विश्रामपछि लस्कर जलेश्वर आइपुगेको हो। जलेश्वरमा विश्राम पश्चात शनिबार परिक्रमा मडैतर्फ प्रस्थान गर्नेछ ।


१८औँ शताब्दीदेखि सञ्चालन हुँदै आएको यस माध्यमिकी परिक्रमामा नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा तय गर्ने परम्परा छ। भारतका अयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढीलगायत स्थानका साधु–सन्तहरू पनि विशेष रूपमा सहभागी हुने गरेका छन् ।


फागुन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनपछि जनकपुर फर्की फागुन पूर्णिमाका दिन अन्तगृह परिक्रमा सम्पन्न भई समापन हुने धार्मिक परम्परा छ । श्रद्धालुहरूको विश्वास अनुसार यस परिक्रमामा सहभागी हुनुले मन, वचन र कर्मबाट भएका पाप नष्ट भई मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ ।


नेपाल–भारतका साधु, सन्त, महन्थसहित लाखौँ श्रद्धालुको सहभागिताले मिथिला माध्यमिकी परिक्रमा धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व बोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार