https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रहलाद चौरसिया
बिरगंज, फाल्गुन १० गते ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका पर्सा र बाराका सबै प्रमुख नाका ७२ घण्टाका लागि सिल गरिने भएको छ ।


नेपाल–भारत सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूबीच भएको उच्चस्तरीय सहमतिपछि यस्तो निर्णय गरिएको हो। वीरगन्जस्थित एकीकृत जाँच चौकी (आईसिपी) मा शनिबार आयोजित द्विपक्षीय सुरक्षा बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि दुवै देशका सीमा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।


बैठकमा नेपालका तर्फबाट पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। भारतीय पक्षबाट पूर्वी चम्पारण र पश्चिम चम्पारण का डिस्ट्रीक्ट मेजिस्ट्रेट (डीएम) सहित सुरक्षा अधिकारीहरू सहभागी भएका थिए ।


बैठकले निर्वाचनको एक साताअगाडिदेखि नै सीमा सुरक्षालाई थप सुदृढ बनाउने, दुवैतर्फबाट प्रभावकारी चेकजाँच सुरु गर्ने तथा सूचना आदानप्रदानलाई तीव्र बनाउने सहमति गरेको छ। सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि संयुक्त रूपमा निगरानी बढाइने जनाइएको छ ।


विशेषगरी अवैध हातहतियार, जाली मुद्रा, मानव बेचबिखन तथा अवैध व्यापार नियन्त्रणमा कडाइ गरिनेछ। साथै निर्वाचन अवधिभर अवैध मदिरा, लागूऔषध र विष्फोटक पदार्थको ओसारपसार रोक्न विशेष निगरानी राख्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार