https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

श्री किशोरीजीको डोलालाई नगरप्रमुखद्वारा भव्य स्वागत

गाैशाला, फाल्गुन १० गते ।
मिथिलाको बहुचर्चित १५ दिने माध्यमिकी परिक्रमा आईतबार बिहान महाेत्तरीकाे बलवा नगरपालिका अन्तर्गत ध्रुबकुन्ड आइपुग्दा नगर प्रमुख राम विजय महताेले श्री किशोरीजीको डोलालाई स्वागत गरेका छन् ।

आईतबार रात्रि विश्रामका लागि ध्रुबकुण्ड पुगेका साधु–सन्त, महन्थ र गृहस्थ सहितका परिक्रमावासीलाई नगर प्रमुख महताेकाे नेतृत्वमा स्थानीयहरुले स्वागत गरिएको हो । स्थानीय युवा, महिला तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा परिक्रमावासीलाई फूलमाला लगाइ स्वागत तथा सम्मान गरिएको थियो ।

परिक्रमावासीहरूको सहजताका लागि आवास, भोजन तथा आकस्मिक उपचारको व्यवस्था संस्थागत तथा निजी स्तरबाट मिलाइएको छ । ध्रुबकुण्डमा विश्राम पश्चात साेमबार परिक्रमा कञ्चनवन प्रस्थान गर्नेछ ।

उक्त परिक्रमामा साधु–सन्त तथा नाङ्गाबाबाहरूको गतिविधि अवलोकन गर्न ठूलो भीड लागेको छ । सहभागीहरू ध्रुबकुण्ड आसपासका गाउँहरूसँगै भारतको बिहार राज्यका सितामढी, सुरसण्ड, मधवापुर लगायत स्थानबाट आएका छन् ।

१५ दिने परिक्रममा अन्तर्गत  क्रमश जनकपुरको हनुमान नगर, भारत बिहारको कलना स्थित कल्यानेश्वर, फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औं दिन जनकपुरको  अन्तरगृह परिक्रमा गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ ।

१८औँ शताब्दीदेखि सञ्चालन हुँदै आएको यस माध्यमिकी परिक्रमामा नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा तय गर्ने परम्परा छ । भारतका अयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी लगायत स्थानका साधु–सन्तहरू पनि विशेष रूपमा सहभागी हुने गरेका छन् ।

फागुन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनपछि जनकपुर फर्की फागुन पूर्णिमाका दिन अन्तगृह परिक्रमा सम्पन्न भई समापन हुने धार्मिक परम्परा छ । श्रद्धालुहरूको विश्वास अनुसार यस परिक्रमामा सहभागी हुनुले मन, वचन र कर्मबाट भएका पाप नष्ट भई मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ ।

नेपाल–भारतका साधु, सन्त, महन्थ सहित लाखौँ श्रद्धालुको सहभागिताले मिथिला माध्यमिकी परिक्रमा धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व बोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार