https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

माेरङ, फाल्गुन २० गते ।
मोरङकाे सुन्दरहरैँचा नगरपालिका क्षेत्रअन्तर्गत पूर्व–पश्चिम राजमार्गमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारी का अनुसार बुधबार दिउँसो करिब सवा १२ बजेतिर कालो टेपले बेरेको र बाहिर तारजस्तो देखिने भाग निकालिएको अवस्थामा सानो रङको बट्टा सडकमा भेटिएको थियो। उक्त वस्तु देखिएपछि आसपासका स्थानीयवासी त्रसित बनेका थिए र केही समय आवतजावतसमेत प्रभावित भएको थियो ।


घटनाबारे सूचना पाएलगत्तै नेपाली सेना को टोली घटनास्थलमा पुगेर जाँच तथा डिस्पोज प्रक्रिया अघि बढाएको थियो। प्रारम्भिक परीक्षणपछि उक्त वस्तु विस्फोटक नभई सामान्य रङको बट्टालाई टेपले बेरिएको अवस्थामा सडकमा फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।


घटनापछि स्थिति सामान्य बनेको र सर्वसाधारणलाई हल्लाको पछि नलागी आधिकारिक सूचनामात्र विश्वास गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार