दिपक कुमार पाण्डेय
जलेश्वर, फाल्गुन २१ गते ।
महोत्तरीको जलेश्वरस्थित कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा सतप्रतिशत मतदान सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान आधा घण्टाभित्रै सकिएको हो। बिहान ७ बजेर ३० मिनेटसम्ममा मतदान प्रक्रिया पूरा भएको बताइएको छ ।

जलेश्वर कारागारमा हाल जम्मा ३९१ जना कैदीबन्दी रहे पनि मतदाता नामावलीमा २१ जनाको मात्र नाम समावेश थियो । ती सबै २१ जनाले मतदान गरेपछि अस्थायी केन्द्रमा शतप्रतिशत मतदान सम्पन्न भएको हो ।
कारागार प्रमुखसमेत रहेका मतदान अधिकृत अशोक कुमार क्षेत्रीका अनुसार मतदाता नामावलीमा रहेका सबै कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।


