गाैशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा रहेको मतदान केन्द्रमा बिहान ९:३० बजेसम्म ३५५ मत खसेको छ ।
केन्द्रका प्रमुख संजिब कुमार झाले दिएको जानकारी अनुसार ‘क’ केन्द्रमा पुरुष १०३ र महिला ८१ गरी १८४ जनाले मतदान गरेका छन्। त्यस्तै ‘ख’ केन्द्रमा पुरुष ८८ र महिला ८३ गरी १७१ जनाले मतदान गरेका छन् ।
दुबै केन्द्र गरी ९:३० बजेसम्म कुल ३५५ मत खसेको उनले बताए ।
यस मतदान केन्द्रमा जम्मा मतदाता संख्या २०७३ जना रहेको केन्द्र प्रमुख झाले जानकारी दिएका छन् ।





