गौशाला, फाल्गुन २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा रहेको मतदान केन्द्रमा साँझ ५ बजेसम्म १४०४ मत खसेको छ ।
केन्द्रका प्रमुख संजिब कुमार झाले दिएको जानकारी अनुसार ‘क’ केन्द्रमा पुरुष ३४४ र महिला ३६६ गरी ७१० जनाले मतदान गरेका छन्। त्यस्तै ‘ख’ केन्द्रमा पुरुष ३४६ र महिला ३४८ गरी ६९४ जनाले मतदान गरेका छन् ।
दुवै केन्द्र गरी साँझ ५ बजेसम्म कुल १४०४ मत खसेको उनले बताए। यस मतदान केन्द्रमा जम्मा मतदाता संख्या २,०७३ जना रहेको केन्द्र प्रमुख झाले जानकारी दिएका छन् । यस अनुसार साँझ ५ बजेसम्म यहाँ करिब ६७.७३ प्रतिशत मतदान भएको छ ।

