गाैशाला, फाल्गुन २२ गते ।
महोत्तरी जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार अधिकांश क्षेत्रमा घण्टी चुनाव चिह्नका उम्मेदवारले अग्रता लिएका छन् ।
महोत्तरी–१
महोत्तरी क्षेत्र नम्बर १ मा घण्टी चुनाव चिह्नका प्रमोद महतोले १४,८०५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी तारा चुनाव चिह्नका गिरिराज मणि पोखरेलले ४,९९८ मत पाएका छन्।
अन्य उम्मेदवारको मत यसप्रकार छः
सूर्य (लक्ष्मी महतो कोइरी) – ३,४०१
रुख (मुकेशराज काफ्ले) – २,१९६
यस क्षेत्रमा हालसम्म २८,६४२ मत गणना भएको छ। तीमध्ये १,७९१ मत बदर भएका छन् भने २६,८५१ मत सदर भएका छन्।
महोत्तरी–२
महोत्तरी क्षेत्र नम्बर २ मा घण्टी चुनाव चिह्नका दीपक साहले २,९२० मत प्राप्त गरेका छन्।
त्यसपछि तारा चुनाव चिह्नले २,८९५ मत ल्याएको छ।
अन्य उम्मेदवारहरूको मत विवरणः
सूर्य (कासिम नदाफ) – ४०२
रुख (किरण यादव) – ५६७
ढलकेको छाता (शरद सिंह भण्डारी) – ८५८
यस क्षेत्रमा ५६४ मत बदर भएका छन् ।
महोत्तरी–३
महोत्तरी क्षेत्र नम्बर ३ मा घण्टी चुनाव चिह्नका उज्जवल झाले १,०७४ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
अन्य उम्मेदवारको मत यसप्रकार छः
आँप (स्वतन्त्र रामअधार कापर) – २६४
बस (रिजवान) – १२६
कर्क (स्वतन्त्र हरिनारायण यादव) – १६०
रुख (बजरंग नेपाली) – ३९
तारा (राजकिशोर साह) – ३१
सूर्य (मनोज सिंह) – २१
ढलकेको छाता (मिनाक्षी ठाकुर) – १९
महोत्तरी–४
महोत्तरी क्षेत्र नम्बर ४ मा घण्टी चुनाव चिह्नकी गोरी कुमारीले १,३२८ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छन्।
अन्य उम्मेदवारहरूको मत विवरणः
सूर्य (नीलम अधिकारी) – ३९९
रुख (महेन्द्रकुमार राय) – ३००
ढलकेको छाता (सुरेन्द्रकुमार राय) – २९०
तारा (भरत साह) – २२७
यस क्षेत्रमा ४४० मत बदर भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै क्षेत्रमा मतगणना कार्य निरन्तर जारी रहेको छ र आगामी चरणमा मतपरिणाममा थप परिवर्तन हुन सक्ने बताइएको छ ।

