https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, फाल्गुन २३ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाबाट प्राप्त पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी धेरै निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएको छ ।


निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार राति करिब एक बजेसम्म गणना भइरहेका एक सय उनन्साठी निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक सय सात स्थानमा अगाडि रहेको छ। सो पार्टीले आठ स्थानमा भने जित सुनिश्चित गरिसकेको छ ।


त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार नौ स्थानमा अग्रता कायम गरेका छन् भने तीन स्थानमा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार चौध स्थानमा अगाडि रहेका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दस स्थानमा अग्रता कायम गर्दा दुई उम्मेदवार विजयी भएका छन् ।


यसैबीच श्रम संस्कृति पार्टी पाँच स्थानमा अग्रता लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी तथा एक स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा अगाडि रहेका छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार