इलाम, फाल्गुन २३ गते ।
इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार निष्कल राई झिनो अग्रतासहित अघि देखिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार राईले १ हजार ६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्बाङ लिम्बुले १ हजार ४० मत प्राप्त गरेका छन् ।
यसरी राईले नेम्बाङलाई २२ मतान्तरले पछाडि पार्दै अग्रता कायम गरेका छन् ।
यसैगरी नेकपा (एमाले)का काजीमान कागतेले ९३९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ६७४ मत र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले २६५ मत प्राप्त गरेका छन् ।

