https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २३ गते ।
महोत्तरीको गौशाला नगरपालिका–११ दिपेन्द्र बजार (इमलिबजार) मा सञ्चालनमा रहेको एक कोल्डड्रिङ्क पसलमा अज्ञात व्यक्तिले आगजनी गर्दा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।


स्थानीयका अनुसार राति करिब १ बजेतिर दिपेन्द्र कोल्डड्रिङ्क पसलमा आगो लगाइएको थियो । आगो लागेको थाहा पाएपछि आसपासका स्थानीयवासी पानी लिएर आगो निभाउन पुगेका थिए । तर आगो नियन्त्रणमा आउन नसक्दा पसलभित्र रहेका अधिकांश सामान जलेर नष्ट भएका छन् ।


पसल सञ्चालक दिपेन्द्र महतोका अनुसार आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनापछि सिसिटिभी फुटेजको आधारमा इलाका प्रहरी कार्यालय गौशालाले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक रमेश लामाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार