https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, फाल्गुन २४ गते ।
महोत्तरीको गौशाला नगरपालिकामा महिलाहरूको प्रजनन स्वास्थ्य तथा प्रजनन रुग्णता सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर अस्पताल, नगरभित्रका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य चौकीका इन्चार्जहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।


कार्यक्रममा महिलाहरूमा देखिने प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरू, विशेषगरी आङ खस्ने (पाठेघर खस्ने) समस्या, पाठेघरको मुखको क्यान्सर तथा फिस्टुला जस्ता जटिल रोगहरूको समयमै पहिचान र उपचारकाे बारेमा जानकारी दिइएको थियो ।


दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने
गौशाला नगरपालिकाले आगामी फागुन २७ र २८ गते नगर अस्पताल (वडा नं. ४, जिरोमाइल) मा विशेष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ । सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूले महिलाहरूको स्वास्थ्य जाँच गर्नेछन् । आवश्यकता अनुसार निःशुल्क अप्रेसन सेवा समेत उपलब्ध गराइने जनाइएको छ ।


शिविरमा उपलब्ध हुने प्रमुख सेवाहरू :-


१. निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच
२. पिसाब चुहिने रोगको पहिचान तथा उपचार
३. आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श तथा अप्रेसन
४. स्त्रीरोग सम्बन्धी परीक्षण (पाठेघर जाँच) तथा परामर्श
५. पाठेघरको मुखको परीक्षण (VIA Test) तथा परामर्श
६. पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान
७. थर्मोकोएगुलेसन सेवा
८. फिस्टुलाको अप्रेसन
९. महिला सम्बन्धी विभिन्न रोगको जाँच तथा उपचार
१०. भिडियो एक्स–रे, औषधि तथा रिङ पेसरी सेवा


नगरपालिकाले स्वास्थ्य समस्या लुकाएर नबस्न र यस शिविरको अवसरको उपयोग गरी स्वास्थ्य परीक्षण गराउन सम्पूर्ण नगरबासी महिलाहरूलाई अनुरोध गरेको छ। शिविर बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।


थप जानकारीका लागि स्वास्थ्य संयोजक अशोक कुमार महतो (९८५४०३४५२३) वा नगर अस्पताल प्रशासनका सरोज मण्डललाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार