गाैशाला, फाल्गुन २५ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले प्रतिनिधिसभा निर्वाचनपछि महोत्तरी–४ मा चुनावी समीक्षा तथा पार्टी कार्यकर्ता र नेताहरुलाई धन्यवाद दिने कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा पार्टी र उम्मेदवार डा. सुरेन्द्र कुमार यादव का निर्वाचन अभियानका कमजोरी तथा सुधारका उपायहरूमा विशेष चर्चा गरिएको थियो । समीक्षा बैठकमा मधेश प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहाले केही स्थानमा पुरुष मतदातासँग मात्र मत मागिएको र महिला मतदातासँग पर्याप्त सम्वाद नभएकाले परिणाममा असर परेको बताउँदै, आगामी निर्वाचनमा सबै मतदातासँग समान रूपमा सम्पर्क गर्न निर्देशन दिएका ।
कार्यक्रममा डा. यादव, क्षेत्रीय सभापति, नगरपालिका तथा गाउँपालिका सभापति, वडा सभापति र अन्य पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आ–आफ्नो सुझाव, अनुभव र राय साझा गरेका थिए ।
सभा अन्त्यमा डा. यादवले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीमा सक्रियता देखाउन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

