https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत्र ४ गते ।
स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने सरकारी लक्ष्यअनुसार एकडारा गाउँपालिका वडा नम्बर १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । यस केन्द्र सुरु भएसँगै अब वडावासीले प्राथमिक स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा पाउने भएका छन् ।


गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गाउँपालिकाले त्यसलाई व्यवहारमा लागू गर्ने कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले वडावासीलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउन यो सेवा केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । आगामी दिनमा यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने पनि उहाँले बताउनुभयो ।


हाल स्वास्थ्य केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना अनमी र एक जना कार्यालय सहयोगी गरी तीन जनाको व्यवस्था गरिएको छ । यस केन्द्रबाट सामान्य स्वास्थ्य परीक्षण, औषधि वितरण, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सम्बन्धी परामर्श लगायतका आधारभूत सेवाहरू प्रदान गरिने जनाइएको छ ।


अध्यक्ष मण्डलका अनुसार आगामी दिनमा समय–समयमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परामर्श सेवा सञ्चालन गरिने तथा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिनेछ । यसले विशेष गरी आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साहले आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय तहसँग सहकार्य गरेर स्वास्थ्य सेवाको गुणस्तर र पहुँच दुबै सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र मण्डलले यसअघि गाउँपालिकाका ६ वटा वडामध्ये ५ वटामा स्वास्थ्य संस्था सञ्चालनमा रहेको र अहिले वडा नम्बर १ मा पनि सेवा सुरु भएसँगै सबै वडामा स्वास्थ्य सेवा पुगेको जानकारी दिनुभयो । उहाँले यसलाई गाउँपालिका नेतृत्व, जनप्रतिनिधि र स्थानीय समुदायको संयुक्त प्रयासको उपलब्धि भएको बताउनुभयो ।


वडा अध्यक्ष मनोज मण्डलले पनि स्वास्थ्य सेवा केन्द्र सञ्चालनले वडावासीको दैनिक जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीयलाई उपलब्ध सेवाको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।


स्थानीय बासिन्दाहरूले पनि आफ्नै वडामा स्वास्थ्य सेवा सुरु भएपछि समय, खर्च र श्रमको बचत हुने भन्दै खुशी व्यक्त गरेका छन् । यसअघि सामान्य उपचारका लागि समेत अन्य स्थान जानुपर्ने अवस्था रहेकामा अब आफ्नै क्षेत्रमा सेवा उपलब्ध भएपछि नागरिकको स्वास्थ्य सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।


सरकारको प्रत्येक वडामा स्वास्थ्य सेवा विस्तार गर्ने नीतिअनुसार स्थापना गरिएको यस केन्द्रले स्थानीय स्तरमा स्वास्थ्य सचेतना बढाउने, रोगको समयमै पहिचान गर्न सहयोग गर्ने तथा समुदायको समग्र जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार