https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मुकेश झा
मलंगवा, चैत १६ गते ।
सर्लाही जिल्लाको सदरमुकाम मलंगवा मा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नयाँ कार्यालय स्थापना गरिएको छ। महासंघको ७१औँ स्थापना दिवसको अवसर पारेर सोमबार कार्यालय सञ्चालनमा ल्याइएको हो ।


नयाँ कार्यालय मलंगवास्थित जिल्ला समन्वय समिति (साबिकको जिविस) को भवनभित्र उपलब्ध गराइएको कोठामा स्थापना गरिएको जानकारी दिइएको छ । कार्यक्रम जिल्ला अध्यक्ष ओमप्रकाश ठाकुर को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्ण सहभागी हुनुभएको थियो ।


जिल्लाभरिका पत्रकारको उपस्थितिमा उद्घाटन गरिएको उक्त कार्यालयले अब पत्रकारहरूलाई बैठक, छलफल, पत्रकार सम्मेलन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय नयाँ भवनमा सरेपछि महासंघलाई उपलब्ध गराइएको कोठामा औपचारिक रूपमा कार्यालय स्थापना गरिएको हो ।


कार्यक्रमपछि प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे तथा प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का लगायतले नयाँ कार्यालयको निरीक्षण गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।


महासंघको स्थापना दिवसको अवसरमा कार्यालय उद्घाटनसँगै शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार