https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, चैत १८ गते ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि साउदी अरेबियाका महामहिम राजदूत फाहद मोहम्मद ए. मनिकरले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।


भेटका क्रममा उपराष्ट्रपति यादवले राजदूत मनिकरलाई नेपालमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध मित्रता, सद्भावना र आपसी सहयोगमा आधारित रहँदै आएको बताउनुभयो ।


उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदान–प्रदानको आवश्यकता औंल्याउँदै हालै सम्पन्न साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदको नेपाल भ्रमण र नेपालका श्रम मन्त्रीहरूको साउदी भ्रमणलाई स्मरण गर्नुभयो ।


नेपाली आप्रवासी कामदारका लागि साउदी अरेबिया प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले कामदारहरूको हकहित संरक्षणका लागि साउदी सरकारको सहयोगप्रति विश्वास व्यक्त गर्नुभयो। उहाँले २५ जनवरी २०२६ मा हस्ताक्षर भएको द्विपक्षीय श्रम सम्झौताले श्रम सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।


नेपालले सन् २०२६ सम्म अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि क्षेत्रमा साउदी अरेबियासहित मित्रराष्ट्रहरूको लगानी र सहयोग अपेक्षित रहेको बताउनुभयो ।


पर्यटनका सन्दर्भमा उहाँले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र नेपालीहरूको आतिथ्य भावका कारण साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने बताउनुभयो। साथै नेपाली मुस्लिम समुदाय हज तथा उमराहका लागि हरेक वर्ष साउदी अरेबिया जाने गरेको उल्लेख गर्दै यस सम्बन्धमा साउदी सरकारको सहयोगप्रति धन्यवाद दिनुभयो ।


उपराष्ट्रपति यादवले नेपाल–साउदी सम्बन्ध संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन तथा एशिया सहयोग संवादजस्ता बहुपक्षीय मञ्चहरूमा आपसी सहयोगमार्फत अझ सुदृढ हुँदै गएको बताउनुभयो। उहाँले पश्चिम एशियामा विकसित द्वन्द्वप्रति पनि गम्भीर चासो व्यक्त गर्नुभयो ।


त्यस अवसरमा राजदूत फाहद मोहम्मद ए. मनिकरले नेपालको विकासका लागि साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार