गौशाला, चैत २० गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा सरसफाइ तथा बजार व्यवस्थापन अभियान सुरु भएसँगै स्थानीय व्यवसायीहरू सक्रिय देखिएका छन्। सोही क्रममा उमेश किराना (पसल) ले आफ्नो पसल अगाडिको छाप्रो हटाउने काम प्रारम्भ गरेको छ ।
वडा कार्यालयले मंगलबार जारी गरेको सूचनामा तीन दिनभित्र बजार क्षेत्र सरसफाइ तथा व्यवस्थापन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनको पालना गर्दै पसल सञ्चालक मनिष साहले छाप्रो हटाउनुका साथै बाँकी सरसफाइ कार्य पनि निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साहले बजार सरसफाइ तथा व्यवस्थापन अभियानबारे सामाजिक सञ्जालमार्फत जानकारी पाउनेबित्तिकै आफू उत्साहित भएको बताए। “सुन्दर गौशाला बनाउन हामी सबैको दायित्व हो। बाहिरबाट कोही आएर बनाउने होइन, हामी आफैंले बनाउनुपर्छ,” उनले भने।
गाैशाला नगर संजाल, नगरपालिका तथा वडका कार्यालयको पहलमा सुरु भएको यो अभियानले बजारलाई व्यवस्थित, सफा र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।


