गाैशाला, चैत २० गते ।
महोत्तरी जिल्लामा भइरहेको अवैध बालुवा तथा माटो उत्खननविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। यसै क्रममा एक जेसीबी र तीन ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
प्राप्त जानकारी अनुसार चैत २० गते बिहान करिब १०:१५ बजे महोत्तरी गाउँपालिका–५ हरिगोरगामा क्षेत्रअन्तर्गत मडै सडकखण्ड नजिक रातु खोला किनारमा अवैध उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

स्थलमा पुगेको प्रहरी टोलीले ज १ क ६७० नम्बरको एक जेसीबी, पहिचान नखुलेको एक ट्याक्टर तथा बालुवा–माटो ओसारपसारमा प्रयोग भइरहेका थप दुई ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा परेका सवारी साधनहरूलाई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


