तनहु, बैशाख १२ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ मा पहिलोपटक सडक कालोपत्र कार्य सुरु भएको छ । हालसम्म कच्ची सडकको समस्या भोग्दै आएका स्थानीयवासीले अब सहज र सुरक्षित यातायात सुविधा पाउने अपेक्षा गरेका छन् ।


गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटअन्तर्गत हिलेखर्क र समस्तीपुर–गिरन्चौर खण्डमा गरी करिब चार किलोमिटर सडक कालोपत्र भइरहेको छ । यस सडकले वडा नं १, २ र ६ लाई जोड्ने भएकाले यसको महत्व उच्च रहेको छ ।


स्थानीयका अनुसार सडक स्तरोन्नतिले कृषि उपज बजारसम्म पुर्‍याउन, विद्यार्थीको आवतजावत सहज बनाउन र बिरामीलाई स्वास्थ्य संस्थासम्म समयमै पुर्‍याउन मद्दत पुग्नेछ । तर, गिरन्चौर–सार्ते खण्डका लागि विनियोजित सङ्घीय बजेट कार्यान्वयनमा ढिलाइ हुँदा सम्पूर्ण सडक कालोपत्र कार्य भने अझै अधुरै रहने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार