https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, बैशाख २५ गते ।
धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ स्थित सपहीचोक क्षेत्रमा स्कारपियोको ठक्करबाट स्कुटर चालक एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ढल्केबरबाट जनकपुरतर्फ गइरहेको बा प्र ०१–०३१ च ९०६३ नम्बरको स्कारपियोले परीक्षणका क्रममा रहेको विद्युतीय स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्थानीय ३० वर्षीया पुनम साह गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालतर्फ लगिएको थियो। तर उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन् ।

घटनापछि प्रहरीले स्कारपियो चालक विराटनगर महानगरपालिका–७ का ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार