https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ३० गते ।
मधेश प्रदेशमा बढ्दो कुपोषण समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३ जनकपुरधाममा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पोषण सुधार, मातृ तथा शिशु स्वास्थ्य, स्थानीय खाद्य प्रणाली तथा कुपोषण न्यूनीकरणका रणनीतिमाथि व्यापक छलफल भइरहेको छ ।

कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पर्याप्त खाद्यान्न उत्पादन हुँदाहुँदै पनि पोषणसम्बन्धी चेतनाको कमी, असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण मधेशमा कुपोषण गम्भीर बन्दै गएको बताउनुभयो। उहाँले स्थानीयस्तरमै उपलब्ध पोषणयुक्त खाद्यान्नको सही उपयोग, भान्साघर व्यवस्थापन तथा महिलामुखी व्यवहारिक तालिममार्फत सुधार सम्भव रहेको धारणा राख्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जंगी लाल रायले सम्मेलनले पुड्कोपन, ख्याउटेपन तथा रक्तअल्पता न्यूनीकरणका लागि प्रभावकारी नीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य क्षेत्रका विज्ञ, सरकारी अधिकारी तथा आठवटै जिल्लाका स्वास्थ्य प्रमुखहरूको सहभागितामा भइरहेको सम्मेलनबाट प्राप्त सुझावका आधारमा मधेश प्रदेशको आगामी पोषण रणनीति तय गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार