https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धनुषा, बैशाख ३१ गते ।
मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण तथा मातृशिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।

लालगढमा आयोजित प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलनको समापन गर्दै उनले पोषणलाई स्वास्थ्यसँग मात्र नभई शिक्षा, कृषि, खानेपानी, सरसफाइ र सामाजिक चेतनासँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए ।

सभामुख यादवले मधेशमा बालबालिका र महिलामा कुपोषण अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै दीर्घकालीन नीति, व्यावहारिक योजना र प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपाकुमारी यादवले पोषण सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताइन् भने स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवले गरिबी, अशिक्षा र असन्तुलित खानपान कुपोषणका मुख्य कारण भएको धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार