https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, जेष्ठ १ गते ।

शहिद कप महिला मधेश लिग २०८२ अन्तर्गत सम्पन्न चौथो खेलमा महोत्तरी महिला क्रिकेट टोलीले सप्तरीलाई १ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा महोत्तरीले उत्कृष्ट संघर्ष गर्दै महत्वपूर्ण विजय हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो। सप्तरीका लागि सुस्मिता यादवले २७ बलमा २१ रन बनाइन् भने साक्षी यादवले १९, जेनिशा मगरले १७ तथा दीपा रामले १४ रनको योगदान दिइन् ।

महोत्तरीका बलरहरूले अनुशासित प्रदर्शन गरेका थिए। भूमिका कुमारी महतोले ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरिन्। त्यस्तै आरती महतो, काजल कुमारी र कल्पना कुमारीले समान १–१ विकेट हात पारिन् ।

१ सय १३ रनको लक्ष्य पछ्याएको महोत्तरीले १९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। महोत्तरीका लागि आरती महतोले २३ बलमा महत्वपूर्ण २६ रन बनाइन्। सीमा कुनवारले १३, नेहा श्रेष्ठले ११ रन जोडिन् भने कल्पना कुमारीले पाचौ बलमा चौका हानेर ९ रनको निजि स्कोर बनाई अविजित रहँदै टोलीलाई जित दिलाए का थिए ।

सप्तरीका बलरमध्ये सुस्मिता यादव सर्वाधिक सफल रहिन्। उनले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन्। साक्षी यादवले २ विकेट हात पारिन् भने अपेक्षा यादव र सचिता यादवले समान १–१ विकेट लिए।

अन्तिम ओभरसम्म पुगेको खेलमा महोत्तरीले १ बल बाँकी हुँदा जित निकाल्दै प्रतियोगितामा आफ्नो उत्कृष्ट सुरुवात कायम राखेको छ। महिला क्रिकेटप्रति मधेश प्रदेशमा बढ्दो आकर्षणबीच दुवै टोलीका खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका छन् । खेलप्रेमीहरूले समेत यो प्रतिस्पर्धालाई निकै रोमाञ्चक र प्रेरणादायी रूपमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार