https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ ४ गते ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. १ मल्हनिया पोखरी निवासी तथा चार्टर्ड एकाउन्टेन्सी (CA) समाजसेवी तथा शिक्षा प्रेमी श्री सन्तोष निरौलाले श्री त्रिभुवन माध्यमिक विद्यालय का उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र–छात्राहरूलाई यस वर्ष पनि पुरस्कार वितरण गर्नुभएको छ ।

वि.सं. २०५२ सालमा यँही विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका निरौला हाल विश्व भ्रमणमा रहँदै विभिन्न देशहरूको अवलोकन गरिरहनुभएको छ। उहाँले विश्वका अधिकांश देशहरूको भ्रमण गरिसक्नुभएको बताइएको छ। यसअघि उहाँ मञ्जुश्री फाइनान्स मा CO पदमा कार्यरत हुनुहुन्थ्यो ।

आफूले अध्ययन गरेको विद्यालयप्रति माया, सम्मान तथा सामाजिक उत्तरदायित्वको भावना व्यक्त गर्दै उहाँले प्रत्येक वर्ष कक्षा १ देखि १२ सम्म अध्ययनरत उत्कृष्ट छात्र–छात्राहरूलाई नगद पुरस्कार वितरण गर्दै आउनुभएको छ। यस वर्ष विद्यालयका विभिन्न सेक्शनबाट उत्कृष्ट नतिजा हासिल गर्ने जम्मा ८८ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरिएको हो ।

जसअन्तर्गत २९ जना प्रथम, २९ जना द्वितीय तथा ३० जना तृतीय हुने विद्यार्थीलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ। प्रथम हुने विद्यार्थीलाई रु. ३,०००, दोस्रो हुनेलाई रु. २,००० तथा तेस्रो हुनेलाई रु. १,००० नगद पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले पूर्व विद्यार्थी निरौलाले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान अत्यन्त प्रेरणादायी रहेको बताएका थिए ।

विद्यालय परिवारले पूर्व विद्यार्थीबाट निरन्तर हुँदै आएको सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह, प्रतिस्पर्धात्मक भावना तथा सकारात्मक ऊर्जा विकास भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार