विराटनगर, जेष्ठ ५ गते ।
विराटनगर महानगरपालिका–१४ स्थित हनुमान मन्दिर अगाडि मंगलबार भएको सवारी दुर्घटनामा दुई जना साइकलयात्रीको ज्यान गएको छ ।
प्रहरीका अनुसार एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकलयात्रीलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
स्थानीयले सडक सुरक्षामा गम्भीरता अपनाउन, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

