https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ ६ गते ।
महोत्तरीको बलवा नगरपालिका मा मंगलबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । वडा नं. ७ स्थित बनौटा स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा स्थानीय युवादेखि विभिन्न उमेर समूहका नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।

मानव सेवाको भावनालाई केन्द्रमा राख्दै आयोजना गरिएको कार्यक्रममा Lions Club of Janakpurdham को सहकार्य तथा मधेश प्रदेश रक्त सञ्चार सेवा को प्राविधिक सहयोग रहेको थियो । बिहानदेखि सञ्चालन भएको कार्यक्रममा सहभागीहरूले स्वेच्छाले रक्तदान गरेका थिए ।

कार्यक्रम सफल बनाउन Leo Club of Janakpurdham Gagari, Leo Club of Janakpurdham, Leo Club of Janakpurdham Capital, बनौटा स्वास्थ्य चौकी तथा बलवा जनस्वास्थ्य प्रयोगशालाले सहकार्य गरेका थिए ।

आयोजकका अनुसार आकस्मिक अवस्थामा रगत अभाव हुन नदिन तथा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत बलवा नगरपालिका ले पछिल्लो समय स्वास्थ्यसम्बन्धी सचेतनामूलक गतिविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार