https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरी, जेष्ठ ७ गते ।
महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सादेवाडमा एक नवविवाहिताको शंकास्पद मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। मृतकका आफन्तले दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लगाएपछि प्रहरीले घटनाको अनुसन्धान तीब्र बनाएको छ ।

मृतक रञ्जिता मण्डलको विवाह करिब तीन महिनाअघि मात्र पर्सादेवाड निवासी रमेश मण्डलसँग भएको थियो । मंगलबार साँझ उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

माइती पक्षका अनुसार विवाहका बेला पर्याप्त दाइजो दिइएको भए पनि ससुराली पक्षले थप रूपमा भैँसी माग्दै मानसिक तथा शारीरिक दबाब दिने गरेको थियो । माग पूरा गर्न नसकिएपछि रञ्जितामाथि पटक–पटक दुर्व्यवहार भएको र अन्ततः उनको हत्या गरिएको परिवारको आरोप छ ।
घटनापछि प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्युको कारणबारे पोस्टमार्टम प्रतिवेदन आएपछि मात्र स्पष्ट हुने भएकाले सबै कोणबाट अनुसन्धान भइरहेको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। यता घटनापछि ससुराली पक्षका केही सदस्य घर छाडेर सम्पर्कविहीन बनेको स्थानीयवासीले बताएका छन् । प्रहरीले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार