https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जलेश्वर, जेष्ठ १५ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जलेश्वर नगर समितिको पहिलो नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित अधिवेशनले अजय कुमार चौधरी नेतृत्वको प्यानललाई सर्वसम्मत समर्थन गर्दै नयाँ नगर समिति चयन गरेको हो ।

महोत्तरी क्षेत्र नं. ३ का क्षेत्रीय उपसभापति तथा अधिवेशन प्रतिनिधि सन्तोष साहका अनुसार अधिवेशनबाट अजय कुमार चौधरी नगर सभापतिमा चयन भएका छन् । त्यसैगरी, उपसभापतिमा सुरेश ठाकुर, नगर सचिवमा पंकज पासवान, सहसचिवमा राजेश कुमार यादव चयन भएका छन् ।

समितिका सदस्यहरूमा शिव यादव, विल सिंह, राग्नी देवी पासवान, चन्दा ठाकुर पासवान, कमलेश कापर, रमेशचन्द्र चौधरी, रोशन महासेठ, धर्मेन्द्रकुमार दास र सैमुन खातुन सर्वसम्मत चयन भएका छन् ।

यद्यपि नवगठित नगर समितिलाई लिएर अधिवेशनस्थलमा केही विवाद र असन्तुष्टि समेत देखिएको थियो। केही पक्षले विरोध जनाएपछि विषय चर्चाको केन्द्र बनेको थियो ।

यस विषयमा अधिवेशन प्रतिनिधि जानकी शर्माले बहुमतको भावनालाई सम्मान गर्दै सर्वसम्मतिको वातावरण निर्माण गरिएको बताइन् । उनका अनुसार नगर सभापतिको लागि सुरुवातमा ११ जनाले आकांक्षा देखाएका थिए। पछि आठ जना उम्मेदवारले अजयकुमार चौधरीलाई समर्थन जनाएपछि बहुमतको आधारमा सर्वसम्मत निर्णय गरिएको हो ।

“हामी प्रतिनिधिहरूले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेका थियौं । अन्ततः अधिकांश साथीहरूको समर्थन अजय चौधरीलाई प्राप्त भएपछि बहुमतको कदर गर्दै समितिलाई आधिकारिकता दिने निर्णयमा पुगेका हौं,” शर्माले भनिन् ।

उनले जेठ १७ गतेभित्र अधिवेशन प्रक्रिया सम्पन्न गर्नुपर्ने समयसीमा रहेकाले थप प्रक्रिया लम्ब्याउनु उपयुक्त नदेखिएको समेत बताइन् । साथै, नवगठित समितिको आधिकारिकता अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार