https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ १६ गते ।
सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल भारत च्याप्टरद्वारा आयोजित “स्मरण उदन्त मार्तण्ड एवं सम्मान समारोह” कार्यक्रममा नेपालका तीन पत्रकार सम्मानित भएका छन्। सम्मानित हुनेमा रौतहट निवासी तथा सी. एच. खबरका सञ्चालक पत्रकार चन्दन कुमार महतो, सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टर मधेश प्रदेशका अध्यक्ष सदाब मलिक तथा पर्सा (वीरगञ्ज) का पत्रकार शैलेश गुप्ता रहेका छन्।

भारतको कोलकातास्थित गर्ल्स कलेजमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा उनीहरूलाई सम्मान–पत्र तथा सम्मान चिह्न प्रदान गरी सम्मान गरिएको हो। कार्यक्रममा नेपालसहित सार्क क्षेत्रका विभिन्न मुलुकका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनमा नेपालका १३ जना पत्रकारसहित करिब एक सय पत्रकार सहभागी भएका थिए। पत्रकारिताको सुदृढीकरणलाई केन्द्रमा राखेर आयोजित उक्त सम्मेलनले नेपाल–भारतसहित विभिन्न देशबीच आपसी समझदारी, सहकार्य तथा पत्रकारिताको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको समेत सहभागिता रहेको थियो। सम्मानित पत्रकारहरूले प्राप्त सम्मानले पत्रकारिताप्रतिको जिम्मेवारी र उत्साह थप बढाएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार