https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कपिलवस्तु, जेष्ठ २३ गते ।
कपिलवस्तुकाे बाणगंगा नगरपालिका–स्थित मायादेवी रिसोर्टको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेका ८ वर्षीय आवास चुदाली रहेका छन्। इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार उनी आफ्नी आमासँग रिसोर्टमा पौडी खेल्न गएका थिए। सोही क्रममा स्विमिङ पुलमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि बुटवल पठाइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

घटनापछि बालकका परिवारले रिसोर्टमा आवश्यक सुरक्षा मापदण्ड, उद्धार सामग्री र निगरानीको अभाव रहेको आरोप लगाएका छन्। पर्याप्त सुरक्षा व्यवस्था नहुँदा यस्तो दुर्घटना भएको भन्दै उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यस घटनापछि रिसोर्टहरूको स्विमिङ पुल सञ्चालन र सुरक्षा मापदण्डबारे स्थानीय तहमा समेत प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार