https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, जेष्ठ २७ गते ।
महाेत्तरीमा गौशाला नगर बाल सञ्जालले बालबालिकासँग सम्बन्धित प्राथमिकतामा परेका माग तथा योजनाहरू स्थानीय सरकारसमक्ष हस्तान्तरण गरेको छ ।

बुधबार नगर बाल सञ्जालका अध्यक्ष मनिषकुमार यादवको नेतृत्वमा सञ्जालका पदाधिकारी तथा सदस्यहरूले गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोलाई माग तथा योजनासहितको ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN) को साझेदारी तथा गौशाला नगरपालिकाको समन्वयमा सञ्चालित ‘समुन्नति परियोजना’ अन्तर्गत आयोजित बाल भेलामार्फत बालबालिकाहरूले आफ्ना आवश्यकता र सरोकारका विषयलाई प्राथमिकतामा राखी माग तथा योजना तयार गरेका थिए ।

बाल सञ्जालले विद्यालय तथा बालअधिकारसँग सम्बन्धित १५ बुँदे माग स्थानीय सरकारसमक्ष पेश गरेको छ। मागपत्रमा प्रयोग भइसकेका सेनिटरी प्याडको व्यवस्थापन, विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था, कम्प्युटर तथा विज्ञान प्रयोगशालाको व्यवस्थापन, छात्र–छात्राका लागि छुट्टाछुट्टै बालमैत्री शौचालय निर्माण, खेल सामग्री तथा खेलमैदानको व्यवस्थापन, दिवा खाजाको गुणस्तर सुधार, प्राथमिक उपचार बक्सको व्यवस्था तथा कक्षाकोठामा पंखा जडान गर्नुपर्ने विषय समेटिएका छन् ।

त्यसैगरी विद्यालयहरूले लिने मासिक तथा भर्ना शुल्क बन्द गर्नुपर्ने, बालविवाह तथा बालश्रम न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, विद्यालयसम्म पुग्ने बाटो मर्मत तथा व्यवस्थित गर्नुपर्ने, विपन्न बालबालिकाका लागि शैक्षिक सामग्री र विद्यालय पोशाकको व्यवस्था गर्नुपर्ने, विद्यालय आसपास रहेका मदिरा पसल अन्यत्र स्थानान्तरण गर्नुपर्ने, बाल समूह तथा सञ्जालको क्षमता विकासका लागि तालिम र बजेट व्यवस्था गर्नुपर्ने तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको जन्मदर्ता शुल्क हटाई प्रक्रिया सहज बनाउनुपर्ने माग गरिएको छ । साथै बालमैत्री शासन सञ्चालनकाे लागि आवश्यक कार्य गर्न समेत बालबालिकाले सुझाएका छन् ।

आयोजित समारोहमा बाल क्लबका अध्यक्ष मनिष कुमार यादवले बालबालिका प्रति स्थानीय सरकार जवाफदेही कुरामा विश्वस्त रहेको बताए ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख डा. दीपेन्द्र महतोले बालबालिकाले उठाएका अधिकांश मागहरू सान्दर्भिक र आवश्यक रहेको बताउँदै सबै माग एकै आर्थिक वर्षमा पूरा गर्न नसकिए पनि क्रमशः कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख मनोजकुमार सिंह, साझेदार संस्थाका प्रतिनिधिहरु, नगर बाल सञ्जालका पदाधिकारी, बालबालिका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार