https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ २८ गते ।
महोत्तरीको गौशालास्थित श्री त्रिभुवन नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । अभिभावक भेलाले विद्यालयको शैक्षिक गुणस्तर, सुशासन र विकासका कार्यक्रमलाई निरन्तरता दिने विश्वासका साथ वर्तमान अध्यक्ष दिनेश्वर महतो (दिनेश) लाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

समितिका सदस्यहरूमा महेश साह, जुना श्रेष्ठ र पूनम कुमारी राम सर्वसम्मत रूपमा चयन भएका छन्। चयन प्रक्रियामा अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

भेलामा सहभागीहरूले विद्यालयलाई अझ व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाउने दिशामा नयाँ समितिले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्। साथै शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विस्तार तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा समितिको नेतृत्व महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष महतोसहित सम्पूर्ण सदस्यहरूलाई बधाई दिँदै विद्यालय परिवारले आगामी कार्यकाल विद्यालयको प्रगति र शैक्षिक उत्कृष्टताका लागि फलदायी बन्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार