https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ ३० गते ।
महोत्तरीको बर्दिवास नगरपालिका – १२ स्थित बिजलपुरमा रहस्यमय मृत्यु भएकी पिंकी कुमारीको शव निष्पक्ष छानबिन गर्ने सहमतिपछि पोस्टमार्टमका लागि जनकपुर पठाइएको छ। शनिबार घटनास्थलमै पीडित पक्ष, स्थानीय अगुवा तथा प्रहरीबीच भएको छलफलपछि शव उठाउने सहमति जुटेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता पञ्चलाल गोले का अनुसार आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी शवलाई प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकका श्रीमान शशि कुमार सिंह लाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

घटनापछि शुक्रबार बेलुकादेखि तनावग्रस्त बनेको बिजलपुर क्षेत्र शनिबारदेखि सामान्य बन्दै गएको छ। माइती पक्ष घर फर्किसकेको भए पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरी परिचालन भने यथावत् रहेको छ ।

मृतकका आफन्तले लामो समयदेखिको पारिवारिक विवाद र घरेलु तनावका कारण पिंकीको हत्या भएको आरोप लगाएका छन्। घटनाप्रति आक्रोशित स्थानीय र आफन्तजनले घरमा तोडफोड गर्नुका साथै पार्किङमा रहेको कारमा आगजनी गरेका थिए ।

मोटरसाइकल र स्कुटरमा समेत क्षति पुर्‍याइएको बताइएको छ।
घटनाको विषयलाई लिएर आक्रोशित भीड र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सूक्ष्म अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार