https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार ९ गते ।
महोत्तरीको सोनमा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभामा अध्यक्ष विशेश्वर प्रसाद यादवले “सोनमाको पहिचान, विकास, समृद्धि र सम्मान” भन्ने मूल नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

सार्वजनिक गरिएको बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १७ करोड ६६ लाख रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ १० करोड ६३ लाख ३३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी मधेश प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७७ लाख ७ हजार रुपैयाँ, सशर्त अनुदान ८० लाख रुपैयाँ, राजस्व बाँडफाँड ५० लाख रुपैयाँ, समपूरक अनुदान २० लाख रुपैयाँ तथा विशेष अनुदान ३० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

स्थानीय तथा आन्तरिक स्रोततर्फ स्थानीय राजस्व बाँडफाँडबाट ६० लाख रुपैयाँ, आन्तरिक स्रोतबाट २ करोड रुपैयाँ तथा गत आर्थिक वर्षको नगद मौज्दात ३ करोड रुपैयाँलाई समेत बजेटको स्रोतका रूपमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

आगामी वर्षको बजेटले कृषि तथा रोजगारमूलक कार्यक्रम, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, कृषि सडक तथा सिँचाइ पूर्वाधार निर्माण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ। महिला, दलित, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायको उत्थान र सशक्तीकरणका कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ ।

गाउँसभाका प्रमुख अतिथि पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले स्थानीय तहको विकासमा जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । उहाँले विकास निर्माणका योजना जनताको आवश्यकता र अपेक्षाअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रमा देखिने गरी उपलब्धि हासिल गर्न आग्रह गर्नुभयो। डा. यादवले सुशासन, पारदर्शिता र जनसहभागितालाई केन्द्रमा राखेर अघि बढे स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत हुने धारणा व्यक्त गर्नुभयो ।

गाउँसभा कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा जसपा नेपाल महोत्तरीका जिल्ला अध्यक्ष रामबाबु राय, पूर्व गाउँपालिका अध्यक्ष राजकुमार यादव, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष यादवले प्रस्तुत बजेटले सोनमाको ग्रामीण अर्थतन्त्रलाई सबल बनाउँदै समग्र विकास र जनजीवन सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार