https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

ईन्दल राउत
गाैशाला, असार २१ गते ।
शिक्षा नै समृद्ध समाज निर्माणको आधार हो भन्ने विश्वासलाई आत्मसात गर्दै प्रोग्रेसिभ फाइनान्स लिमिटेड, गौशाला शाखाले आफ्नो वार्षिक संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility – CSR) कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय आधारभूत विद्यालय, बाह्रटोल, रामनगरका विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेको छ ।

हरेक वर्षझैँ यस वर्ष पनि सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय बुद्धिजीवी तथा प्रोग्रेसिभ फाइनान्सका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षातर्फ थप प्रेरित गर्ने तथा आर्थिक अभावका कारण शैक्षिक सामग्रीको कमी हुन नदिन सहयोग पुर्याउने उद्देश्य राखिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै गौशाला शाखाका शाखा प्रबन्धक तिलक रावतले शिक्षा क्षेत्रमा गरिएको लगानी नै राष्ट्रको भविष्यमा गरिएको लगानी भएको उल्लेख गर्दै भन्नुभयो, “विद्यार्थीहरूको अनुहारमा देखिएको मुस्कान र उत्साह नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।

हरेक वर्षझैँ यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा झोला वितरण गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा समुदायको हितसँग जोडिएका यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै समाजप्रति आफ्नो दायित्व निर्वाह गर्न प्रोग्रेसिभ फाइनान्स सदैव प्रतिबद्ध रहनेछ ।”

विद्यालयका प्रधानाध्यापक तथा विद्यालय परिवारले विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राखी गरिएको सहयोगका लागि प्रोग्रेसिभ फाइनान्स लिमिटेड, गौशाला शाखाप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास जगाउने विश्वास व्यक्त गरेका छन् ।

सिर्फ वित्तीय सेवा प्रदान गर्ने संस्थाको भूमिकामा सीमित नरही समाजप्रति उत्तरदायी संस्थाको रूपमा विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको प्रोग्रेसिभ फाइनान्स लिमिटेडले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

“प्रत्येक झोलासँग एउटा उज्यालो भविष्य” भन्ने मूल नारालाई आत्मसात गर्दै सम्पन्न भएको उक्त कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप ऊर्जा प्रदान गर्नुका साथै वित्तीय संस्थाले समाजप्रति निर्वाह गर्नुपर्ने दायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार