https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार २१ गते ।
महोत्तरीको गौशाला नगरपालिका–८ भण्टाबारीस्थित ब्रह्मस्थान मन्दिरको सार्वजनिक जग्गामा रहेको भिस (मसला)को रुख काट्ने क्रममा अचानक ढल्दा एक जना स्थानीय गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतबार बिहान करिब ८:१५ बजे रामबाबु महतोले ठेक्कामा लिएको रुख उनका २४ वर्षीय छोरा करण महतोले काटिरहेका बेला रुख अनियन्त्रित रूपमा ढलेको थियो । त्यस क्रममा बाटो हुँदै हिँडिरहेका स्थानीय ५५ वर्षीय रघुनाथ महतोमाथि रुख खस्दा उनी गम्भीर घाइते भएका हुन् ।

रुखले लाग्दा रघुनाथ महतोको टाउको र घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनलाई तत्काल गौशालास्थित एक निजी पोलिक्लिनिकमा प्राथमिक उपचार गरिए पनि अवस्था जटिल देखिएपछि गौशाला नगरपालिका–५ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा हेलिकप्टर अवतरण गराई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घटनापछि रुखको ठेक्का लिएका रामबाबु महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हाल ईलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार