https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असार २२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य हरि पन्तले संसद्मा सांसदहरूले उठाएका जनसरोकारका विषयप्रति सरकारले गम्भीरता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का सांसद पन्तले सदनमा उठाइने जनताका आवाज सरकारसम्म प्रभावकारी रूपमा नपुगिरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए। संसद्मा उठाइएका विषय कार्यान्वयन हुने सुनिश्चित गर्न प्रभावकारी संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।

सांसद पन्तले वीरगञ्जका अधिकांश तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई समेत प्रवेश गराइँदै आएको भन्दै त्यसप्रति गम्भीर चासो व्यक्त गरे। विदेशी पर्यटकका लागि सञ्चालनको अनुमति दिइएका क्यासिनोमा प्रहरी–प्रशासनको मिलेमतोमा नेपालीलाई प्रवेश दिइएको भन्ने स्थानीयको गुनासो आएको उनले बताए ।

क्यासिनोको लतका कारण व्यवसायी, युवा उद्यमी, मध्यमवर्गीय परिवार तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरू आर्थिक र सामाजिक रूपमा समस्यामा पर्दै गएको उल्लेख गर्दै उनले सरकारले तत्काल प्रभावकारी अनुगमन र नियन्त्रण गर्नुपर्ने माग गरे ।

सभामुखमार्फत सरकार तथा पर्सा जिल्ला प्रशासनलाई क्यासिनोमा नेपाली नागरिकको प्रवेश पूर्ण रूपमा रोक्न आवश्यक कदम चाल्न पनि उनले आग्रह गरे ।

यसैबीच, वीरगञ्ज नाकालाई प्रयोग गरी भारततर्फ गाँजा, चरेसलगायत लागूऔषध तस्करी भइरहेको र भारतीय सुरक्षा निकायले पटक–पटक ठूलो परिमाणमा लागूऔषध बरामद गरिरहेको अवस्थामा पर्सा प्रहरीको भूमिकामाथि समेत सांसद पन्तले प्रश्न उठाएका छन्। लागूऔषध तस्करी नियन्त्रणमा सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार