कोहलपुर, असार ३२ गते ।
बाँकेको कोहलपुर नगरपालिका–१० स्थित चटरको पिपलचौतारा अगाडि आज दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
दुर्घटनामा भे ११ प ८८७८ र भे १४ प ७१५८ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा भे १४ प ७१५८ नम्बरको मोटरसाइकल चालकको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
यस्तै, भे ११ प ८८७८ नम्बरको मोटरसाइकलमा सवार ३ जना सामान्य घाइते भएका छन्। घाइते सबैको कोहलपुरस्थित अगा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

