गौशाला, साउन १५ गते ।
सुनसरी र सिरहामा भएको घटनाका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महोत्तरीको गौशालामा शुक्रबार युवाहरूले बजार बन्द गराउँदै प्रदर्शन गरेका छन् ।

मृतकलाई न्याय दिलाउनुपर्ने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कार्वाही गर्नुपर्ने माग सहित युवाहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण गौशाला बजारका व्यापार–व्यवसाय पुर्णरुपमा बन्द भएका छन् ।

स्थिति संवेदनशील हुन सक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । बजार क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । हालसम्म प्रदर्शन शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ ।

यसैबीच, सुनसरी घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा पनि विरोध प्रदर्शन भइरहेका छन् । नेपाल सरकारले घटनाको निष्पक्ष छानबिन गर्ने, दोषीमाथि कानुनी कार्वाही अघि बढाउने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार