सिरहा, साउन १५ गते ।
सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ करिब १२ घण्टाको ढिलाइपछि शनिबार राति सिरहा पुगेका छन् ।

दिउँसो २ बजे पुग्ने भनिएको टोली राति ११:३५ बजे मात्र औरही गाउँपालिका–२, तुलसियाहीस्थित गणेशको घर पुगेको थियो ।

गृहमन्त्रीसँगै सिरहाका सांसद बब्लु गुप्ता, शिवचन्द्र यादव (शिव) र पुरुषोत्तम यादव पनि उपस्थित थिए । भेटका क्रममा गृहमन्त्री र सांसदहरूले मृतकका परिवार तथा स्थानीयसँग घटनाबारे जानकारी लिँदै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।

सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीसँगको झडपका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। त्यसयता उक्त घटनालाई लिएर मधेशका विभिन्न जिल्लामा आन्दोलन र विरोध प्रदर्शन जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार