काठमाडौँ, भदौ १० गते 

रसुवामा आएको भीषण बाढीमा परी अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोली परिचालन गरिएको छ। उद्धार तथा खोजी कार्यमा हेलिकप्टर, ड्रोन तथा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ।

बाढीबाट जोगिएका प्रहरी सहायक हवल्दार सन्तोष रिजालका अनुसार बाढी एक्कासि आएको थियो। उनका अनुसार आफ्नै आँखाअगाडि धेरै मानिसलाई बाढीले बगाएको थियो। आफू भने करिब १० सेकेन्डको फरकले ज्यान जोगाउन सफल भएको उनले बताएका छन्।

सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार